नियम १७
फैसलामा खुलाउनु पर्ने व्यहोरा
नियम १६ बमोजिमको फैसलामा प्रचलित कानूनमा भएका कुराका अतिरिक्त देहायका कुरा उल्लेख गर्नु पर्नेछः–
(क) अभियोगपत्रको संक्षिप्त व्यहोरा,
(ख) पेश भएको र बुझेको प्रमाण,
(ग) बाल अदालत वा बाल इजलासमा सहभागी समाजसेवी, बाल विशेषज्ञ वा बाल मनोवैज्ञानिकको रायको संक्षिप्त व्यहोरा,
(घ) कानून व्यवसायीको जिकिर,
(ङ) सान्दर्भिक नजीर,
(च) कसूर प्रमाणित भए वा नभएकोमा सोको आधार,
(छ) निर्णय गर्दा लिइएको आधार र कारणहरु,
(ज) बालकलाई सुधार गर्ने सम्बन्धमा अबलम्बन गर्नु पर्ने उपाय,
(झ) क्षतिपूर्ति वा जरिवाना तिर्नु बुझाउनु पर्ने भए सोसम्बन्धी व्यहोरा ।